तिहार नजिकिएसँगै बोलाछेँका कुमालेलाई पाला बनाउन भ्याइनभ्याई (तस्वीरहरू)

नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसंगै भक्तपुर– ४ बोलाछेँ तालक्कका कुम्हः (कुमाले)लाई माटाका पाला, धुपौरो, घैंटो लगायतका सामानहरु बनाउन भ्याइनभ्याई हुन थालेको छ।

तिहार नजिकिएसँगै बोलाछेँका कुमालेलाई पाला बनाउन भ्याइनभ्याई (तस्वीरहरू)

काठमाडौं । नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसंगै भक्तपुर– ४ बोलाछेँ तालक्कका कुम्हः (कुमाले)लाई माटाका पाला, धुपौरो, घैंटो लगायतका सामानहरु बनाउन भ्याइनभ्याई हुन थालेको छ।

‘पोटरी स्क्वायर’को नामले समेत चिनिने यस क्षेत्रमा अघिपछि केही फुर्सदिला देखिने उनीहरू अहिले व्यस्त हुन थालेका छन्। तिहारमा बत्ती बाल्नको लागि माटाको पालाको माग उच्च हुने स्थानीय कुम्हः बताउछन्।

आधुनिकतासंगै बिजुलीका बत्तीहरुको प्रयोग बढे पनि तिहारमा माटाको पालामा बत्ती बाल्ने चलन भने घटेको छैन। माटाको भाँडा बनाउने पुख्र्यौली पेशा भएका कुम्हःहरुले पाला मात्र हैन, माटाको अन्य घरायसी प्रयोजनका साथै सजावटका सामग्रीसमेत बनाउने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved