हत्या भएका प्रिन्सिपल रुपेशका परिवारको गुनासो– प्रहरीले मृतकको चरित्रहत्या गर्‍यो

नेपालभ्युज

हत्या भएका प्रिन्सिपल रुपेशका परिवारको गुनासो– प्रहरीले मृतकको चरित्रहत्या गर्‍यो

काठमाडौं। सोमबार हत्या गरिएका बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (स्वर्णकार)का परिवारले प्रहरीले मृतकको चरित्रहत्या गरेको गुनासो गरेका छन्। उनीहरूले घटनाको अनुसन्धानबारे समेत प्रश्न उठाएका छन् ।

परिवारका एक सदस्य सुमोदकुमार सर्राफले एक विज्ञप्ति जारी गर्दै घटनालाई अन्यत्र मोड्न प्रहरीले मृतकको चरित्रहत्या गरेको आरोप लगाए।

जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर त्रिकोणात्मक प्रेमका कारण रुपेशको हत्या भएको जनाएको थियो । मुख्य योजनाकार रुपेश प्रिन्सिपल रहेकै विद्यालयकी पूर्व शिक्षिका तथा लेखापाल २२ वर्षीय राधा गुप्ता रहेको बताएको थियो ।

प्रहरीले विवाहेत्तर सम्बन्धले हत्यासम्मको स्थिति निम्त्याएको बताएका थिए । राधाको रुपेशसँगै भारतीय नागरिक मनोज गुप्तासँग पनि प्रेम सम्बन्ध रहको र यही कारण नै हत्याको कारण रहेको प्रहरीको दाबी थियो ।

राधाले भारतीय नागरिक मनोज गुप्तासँग मिलेर सुटरलाई भाडामा लिएर हत्या गरेको देखिएको डीएसपी न्यौपानले बताएका थिए ।
तर, प्रहरीको यही भनाइप्रति असन्तुष्टि जनाउँदै रुपेशको परिवारले विभिन्न ८ बुँदे असन्तुष्टि जनाएको छ ।

प्रहरीले मुद्दालाई अन्यत्र मोड्ने प्रयास गरेको परिवारको आरोप छ ।

घटनालगतै रुपेशलाई अस्पताल पुर्याएका थिए, विद्यालयका कर्मचारी रियाज अन्सारीले। उनी र घटनास्थलमा हुँदै नभएका विद्यालयकै अर्का कर्मचारी जमिल अख्तर अन्सारीलाई बिनाप्रमाण हत्यामा सहयोगीको आरोप लगाइ फसाउन खोजिएको परिवारको दाबी छ ।

सोमवार (१२ गते) २ वटा मोटरसाइकलमा आएको समूहले रुपेशको गोली हानेर हत्या गरेको थियो ।

प्रहरीले भने राधासँगै उनका अर्का प्रेमी भारतीय नागरिक मनोजसहित ५ जना घटनामा संग्लग्न रहेको दाबी गर्दै बुधवार सार्वजनिक गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved