तस्वीरमा हेर्नुहोस् एमालेको चियापानमा सहभागी शीर्षस्थ नेता

बडादशैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न दलका शीर्ष नेता सहभागी भएका छन् ।

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस् एमालेको चियापानमा सहभागी शीर्षस्थ नेता

काठमाडौं । बडादशैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न दलका शीर्ष नेता सहभागी भएका छन् ।

चियापान समारोहमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरु सहभागी भएका छन् ।

सभामुख देवराज घिमिरे पनि चियापानमा पुगेका छन् ।

समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा अध्यक्ष रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सहभागी छन् ।

चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी भएनन् । उक्त पार्टीको तर्फबाट सम्मानित नेता झलनाथ खनाल उपस्थित थिए ।

चियापानमा राजनीतिक दलका नेता, कार्यकर्तासँगै सरकारी अधिकारी र सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved