करीना कपूरजस्तो ‘जअलाइन’ पाउनका लागि योग

नेपालभ्युज

करीना कपूरजस्तो ‘जअलाइन’ पाउनका लागि योग

एजेन्सी । बलिउडकी रानी बेबो यानिकी करीना कपूर, सुन्दरता तथा परफेक्ट जअलाइनका लागि चर्चित छन् । यदि तपाईँ पनि करीना कपूरको जस्तै तिखो जअलाइन बनाउन चाहनुहुन्छ भने योगको सहारा लिन सक्नुहुन्छ ।

परफेक्ट जअलाइनका लागि धेरैजसो चुईंगम चबाउने गर्छन् भने कतिपयले सर्जरी पनि गर्ने गर्छन् । यदि तपाईँ पनि बलिउडकी बेबोको जस्तै परफेक्ट जलाइन बनाउन चाहनुहुन्छ भने केही सजिलो अनुहारको योगहरू गर्न सक्नुहुन्छ ।

अनुहार सम्बन्धी योग गर्नु सुन्दरताका लागि एकदमै फाइदाजनक हुन्छ । यसले अनुहारमा रक्तसञ्चार बढ्छ र हर्मोनल असन्तुलनलाई सही गराउँछ । यसले डन्डीफोर, दाग जस्ता समस्याहरूबाट पनि राहत पाउन सकिन्छ । फेस योग अनुहारको मांसपेशीहरूलाई टोन गर्ने काम गर्छ ।
फिस फेस
तिखो जलाइनका लागि फिस फेस कसरत एकदमै राम्रो हुन्छ । यो आसन गर्नका लागि तपाईँ आफ्नो माथिल्लो तथा तल्लो दाँतका बीच ग्याप बनाउनुहोस् र यसमा आफ्ना गालालाई भित्रतिर खिच्नुहोस् । यो पोजिशनलाई ५ देखि ८ सेकेन्ड रोकिराख्नुहोस् ।

चिल लिफ्ट
चिन लिफ्ट पनि एउटा राम्रो कसरत हो । यस आसनलाई गर्नका लागि आफ्नो टाउकोलाई माथितिर उठाउनुहोस् र सीलिंगतिर हेर्नुहोस् । त्यसपछि आफ्ना ओंठहरुलाई पाउट गर्नुहोस् । केही सेकेन्ड यो पोजिशनलाई रोक्नुहोस् ।

चिनको कसरत
आफ्नो चिनलाई तिखो बनाउनका लागि मुखलाई पटकपटक खोल्ने तथा बन्द गर्ने खालको कसरतहरू गर्नुहोस् । यसले अनुहारका मांसपेशीहरूमा रक्तसञ्चार हुन्छ र अनुहारलाई पनि फाइदा गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved