‘भाइरल म्यान’ डिल्लीराम खनाल फेरि पक्राउ, सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप

नेपालभ्युज

‘भाइरल म्यान’ डिल्लीराम खनाल फेरि पक्राउ, सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ‘भाइरल म्यान’ डिल्लीराम खनाल पक्राउ परेका छन्। सामाजिक सञ्जालमा चर्चाको लागि ‘जे पनि’ बल्दै आएका उनी फेरि पक्राउ परेका हुन्।

नेपाली सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ ।

खनाल यसअघि अभिनेत्री करिश्मा मानन्धरको बारेमा दिएको अभिव्यक्तिका कारण पनि पक्राउ परेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved