बालसुधार गृह सञ्चालनको जिम्मा गैरसरकारी संस्थालाई नदिइने

नेपालभ्युज

बालसुधार गृह सञ्चालनको जिम्मा गैरसरकारी संस्थालाई नदिइने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालसुधार गृह सञ्चालनको जिम्मा सामाजिक संघ, संस्थालाई नदिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बालसुधार गृह सञ्चालनको जिम्मा गैरसरकारी संस्थालाई नदिने तयारी भइरहेको बताएका हुन् ।

उनले लागुऔषधमा फसेका र १८ वर्षभन्दा माथिकालाई बाल सुधार गृहमा नभइ छुट्टै व्यवस्था गर्ने सोच पनि सरकारले अघि सारेको बताए । बाल सुधार गृहका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र ज्ञान, सीपको आवश्यक व्यवस्था मिलाउन पनि सम्बन्धित मन्त्रालयसँग उनले आग्रह गरेका छन् ।

मन्त्री आचार्यले सुधार गृहमा रहेका बालबालिकाहरुलाई समाजमा फर्केपछि पनि आत्मनिर्भर हुनेगरी शिक्षा, स्वास्थ्य र स्वरोजगारीको अवसर सृजना हुनेगरी आवश्यक व्यवस्था मिलाउन पनि आफूले पहल गरिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved