जावलाखेलमा फूलहरूको प्रतिस्पर्धा (तस्वीरहरू)

प्रदर्शनीमा फूल, बोटबिरुवा, बिउबिजन, मलखाद तथा कृषि औजारका कुल ७२ वटा स्टल छन् ।

जावलाखेलमा फूलहरूको प्रतिस्पर्धा (तस्वीरहरू)

ललितपुर। फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा आजदेखि जावलाखेलस्थित खेल मैदानमा १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।

प्रदर्शनीमा फूल, बोटबिरुवा, बिउबिजन, मलखाद तथा कृषि औजारका कुल ७२ वटा स्टल छन् । जहाँ प्रतियोगिताको लागि पाँच वटा स्टल राखिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमस ३० हजार, २० हजार र १० हजार नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र पाउने एशोसिएसनले जनाएको छ ।

योबाहेक फूलको मात्र उत्कृष्ट स्टललाई नगद २० हजार र कट फ्लावरको उत्कृष्ट स्टललाई १० हजार प्रदान गरिनेछ।

प्रदर्शनीको आज एक समारोहबीच कृषि तथा पशुपंक्षी बिकास मन्त्री वेदुराम भुसालले उद्घाटन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved