काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भन्सार प्रशासनमा हुने कर्मचारीको सरुवालाई वैज्ञानिक र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा।प्रकाशशरण महतको तर्फबाट भन्सार विधेयक, २०८० संसदमा प्रस्तुत गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भन्सार विधेयक, २०८० मा वैदेशिक सहायतामा सञ्चालित आयोजनाका लागि आवश्यक वस्तु आयात गर्दा उच्चस्तरीय कर सुधार आयोगको सुझावका आधारमा पुनरावलोकन गरी कार्यान्वनय गरिने पनि बताएका छन् ।
उनले भन्सार विभागका महानिर्देशक लगायत भन्सार कार्यालयका सबै कर्मचारी अधिकारीको कार्य जिम्मेवारी तोक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको र भन्सार कार्यालयमा कार्यरत कर्मचारीको नियमित अनुगमनको व्यवस्थासमेत गरिएको बताए ।
Facebook Comment
Comment