रिगललाई आममाफी दिएकोविरुद्ध भारतीले फेरि सुरु गरिन् अनशन

अदालतबाट दोषी प्रमाणित भइसकेका रिगललाई माफी दिएकोविरुद्ध भारतीसँगै अधिकारकर्मी आन्दोलित भएका छन् ।

नेपालभ्युज

रिगललाई आममाफी दिएकोविरुद्ध भारतीले फेरि सुरु गरिन् अनशन

काठमाडौं । आफ्नो श्रीमानका हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएकोविरुद्ध श्रीमती भारती मानन्धर पुनः अनशन बसेकी छन् । उनले दशैंसँगै स्थगित गरेकी रिले अनशन फेरि सुरु गरेकी हुन् ।

अदालतबाट दोषी प्रमाणित भइसकेका रिगललाई माफी दिएकोविरुद्ध भारतीसँगै अधिकारकर्मी आन्दोलित भएका छन् ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

२०७२ साल असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved