६० को उमेरमा ३० को जस्तो कसरी देखिन्छन् यी महिला ?

नेपालभ्युज

६० को उमेरमा ३० को जस्तो कसरी देखिन्छन् यी महिला ?

एजेन्सी । एक ६० वर्षकी महिलाको फिटनेस देखेर कसैले पनि उनको उमेरमा विश्वास गर्न सक्दैनन् । मानिसहरु उनका तस्वीरमा प्रतिक्रिया दिँदै भनिरहेका छन् उनी ६० को उमेरमा पनि ३० वर्षकी देखिएकी छन् ।

६० वर्षकी यी महिलाको नाम ज्याकलीन हुटन हो । जो वेस्ट ससेक्स, युकेकी वासिन्दा हुन् । ज्याकलिन फिटनेस इन्फ्लुएन्सर हुन् र उनको इन्स्टाग्राममा ४ लाख भन्दा धेरै फलोवर्स छन् । उनलाई सबैलाई फिट रहने तरिका बताउने गर्छिन् ।

ज्याकलिनलाई २० वर्ष भन्दा धेरै व्यक्तिगत तालिमको अनुभव छ । सन् १९८९ मा उनले पहिलो बच्चालाई जन्म दिएपछि आफ्नो फिटनेसमा ध्यान दिन थालेकी थिइन् । किनकी उनलाई लाग्थ्यो बच्चालाई फिट राख्नका लागि आफू पनि फिट हुन जरुरी छ ।

ज्याकलिनले सन् १९९० को आसपासमा जिममा वेट टे«निंग लिन शुरु गरिन् । त्यसपछि उनले सबै महिलाहरुलाई वेट टे«निंगमा ध्यान दिनका लागि प्रेरित गर्न थालिन् । ज्याकलिन आफ्नो फिटनेस, टोन्ड फिगर र लेग्सको क्रेडिट वेट टे«निंगलाई दिन्छिन् । उनले लोअर बडी वर्कआउट अत्यधिक गर्छिन् ।

ज्याकलिनलाई आस्टियोआर्थराइटिसको समस्या छ तर वेट टे«निंग गर्नाले उनलाई धेरै दुखाई वा समस्या हुँदैन । ज्याकलिन हप्तामा दुईपटक लेग्स कसरत, तीनपटक रनिंग, पैदल यात्रा, नृत्य तथा साइकल चलाउने गर्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved