दशैंको टीकाको तेस्रो दिन आज, टीका जमरा ग्रहण गर्ने क्रम जारी

दशैंको टिकाको तेस्रो दिन आज पनि मान्यजनबाट टिका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ ।

नेपालभ्युज

दशैंको टीकाको तेस्रो दिन आज, टीका जमरा ग्रहण गर्ने क्रम जारी

काठमाडौं। दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ ।

विजयादशमीका दिन मान्यजनबाट टिका ग्रहण गर्न नपाएकाहरूले टिका लगाइरहेका छन् । विशेष गरी विजया दशमीको दिन आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टिका लगाएपछि ससुराली, मावलीतर्फ टिका लगाउने गरिन्छ ।

विजया दशमीको दिनबाट सुरु भएको टिका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ । लामो समयसम्म भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरका रूपमा दशैंलाई लिने गरिएको छ ।

दशैंले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ ।
मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले शहरबजारमा भीडभाड बढेको छ ।

दशैंका लागि सदरमुकामवाट बाहिरिएकाहरू पनि फर्कने क्रम सुरु भएको छ । भोलीदेखि सरकारी कार्यालय खुल्ने भएकाले पनि अधिकांश कर्मचारीहरू शहर बजार आउने क्रम तीव्र भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved