किताबको दराजलाई सफा राख्ने तरिका

किताबलाई दराजमा राख्नुका पछाडि कैयौँ फाइदाहरू हुन्छन् । पहिलो त यसमा किताबलाई व्यवस्थित तरिकाले राख्न सकिन्छ र किताब भेटाउन पनि सजिलो हुन्छ ।

नेपालभ्युज

किताबको दराजलाई सफा राख्ने तरिका

एजेन्सी । किताबलाई दराजमा राख्नुका पछाडि कैयौँ फाइदाहरू हुन्छन् । पहिलो त यसमा किताबलाई व्यवस्थित तरिकाले राख्न सकिन्छ र किताब भेटाउन पनि सजिलो हुन्छ ।

दोस्रो, दराजले किताबमा धुलो पस्न वा फोहोर हुनबाट पनि जोगाउँछ । किताबको दराजलाई घरको कुनै पनि कोठामा राख्न सकिन्छ । किताबको दराजको प्रयोग प्रायः अफिस तथा लाइब्रेरीलाई पनि प्रयोग गर्न सकिन्छ ।

यसरी राखेका किताबमा पनि बेला बेलामा फोहोर जम्ने, किरा तथा साङ्लाहरू आउने समस्या देखिन्छ । त्यसैले यसलाई विभिन्न उपायहरू अपनाएर सफा राख्न सकिन्छ ।

जसका लागि यहाँ केही टिप्सहरू पनि दिइएको छ । जसलाई अपनाएर तपाईँ पनि आफ्नो किताबको दराज आजैदेखि सफा राख्न सक्नुहुन्छ ।

दराजबाट सबै किताबहरू निकाल्नुहोस् । यसले तपाईँलाई पूर्ण रूपमा सरसफाइ गर्न सजिलो हुनेछ ।

आफ्ना किताबहरूमा लागेको धुलोलाई राम्रोसँग पुछ्नुहोस् । यसका लागि सुख्खा कपडा वा एउटा सुतीको कपडाको प्रयोग गर्न सक्नुहुन्छ ।

सफा गरिसकेपछि किताबलाई फेरि दराजमा राख्नुहोस् । किताबलाई त्यसको आकार तथा विषयको आधारमा क्रमबद्ध मिलाएर राख्न सकिन्छ ।

आफ्नो किताब राख्ने दराजमा केही सजावटको सामग्री पनि राख्न सकिन्छ । जस्तै इनडोर बिरुवा, आर्टिफिशियल फूल तथा मूर्तिहरू राख्न सकिन्छ । तपाईँले यसरी किताबको दराजलाई आकर्षक लुक्स दिन सक्नुहुन्छ ।

यदि तपाईँको किताबको दराजमा सिसा लागेको छ भने सिसा पुछ्ने सफा गर्न सक्नुहुन्छ । त्यस्तै भ्याकुम क्लिनरको प्रयोगले पनि दराजलाई सफा गर्न सकिन्छ । जसले गर्दा कुनामा अड्कीएको फोहोर पनि बाहिर आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved