दैनिकरूपमा मेरुदण्डासन गर्दा मिल्छ यी ५ चमत्कारिक फाइदा

नेपालभ्युज

दैनिकरूपमा मेरुदण्डासन गर्दा मिल्छ यी ५ चमत्कारिक फाइदा

एजेन्सी । लगातार कुर्सीमा बसिरहँदा ढाँड, रीढको हड्डी र नितम्बमा कैयौं समस्या हुन सक्छन् । यस्तोमा यी सबैको समस्याबाट बच्नका लागि मेरुदण्डासन गर्नुहोस् । मेरुदण्डासनले मांसपेशीहरूलाई बलियो बनाउँछ । साथमा यसले रीढको हड्डीलाई पनि सिधा राख्छ । यसका फाइदा जानौँ ।

मेरुदण्डासनले ढाड, काँध तथा खुट्टाको मांसपेशीहरूलाई बलियो बनाउँछ । यदि तपाईं लामो समयसम्म कुर्सीमा बस्ने गर्नुहुन्छ भने यो योगासनलाई नियमितरूपमा गर्नुहोस् ।

मेरुदण्ड भनेकै रीढको हड्डीलाई भनिन्छ । अर्थात् यो योगासन विशेषगरी यही हड्डीकै लागि बनेको छ । यसलाई दैनिकरूपमा गरेमा मेरुदण्डको हड्डी बलियो हुँदै जान्छ । यसले शरीरमा लचिलोपना पनि आउँछ ।

त्यस्तै यदी तपाईंलाई ढाँड दुख्ने समस्या छ भने दैनिक रुपमा बिहान उठेर मेरुदण्डासन गर्नुहोस् । यसबाहेक बसेर काम गर्ने व्यक्तिहरूले विशेषगरी यो दैनिकरूपमा गर्नुपर्दछ ।

मेरुदण्डासन पेटको मांसपेशी बलियो बनाउनका लागि पनि एकदमै लाभदायक हुन्छ । यसलाई दैनिकरूपमा गरेमा पेटमा जमेको बोसो पनि कम हुँदै जान्छ । साथमा कब्जियत, पखाला आदिको समस्या पनि टाढा भाग्छ ।

मेरुदण्डासनले नितम्बलाई राम्रोसँग तन्काउने काम गर्छ । यसले खुट्टा, पिँडुला आदिलाई पनि फैलाउने गर्छ । साथमा यसले नितम्बका समस्यालाई पनि कम गर्छ ।

मेरुदण्डासन कसरी गर्ने ?

सबैभन्दा पहिला खुट्टालाई सिधा गराउनुहोस् । अब दुबै हातलाई खुट्टामा राख्नुहोस् र दुबै खुट्टालाई फैलाउनुहोस् र अगाडि झुक्दै दुबै खुट्टाका बुढीऔँलालाई हातले समात्नुहोस् । अब हातले खुट्टालाई उठाउनुहोस् । १० सेकेन्डसम्म यही स्थितिमा रहनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved