महानवमीमा मात्र खुल्ने तुलजा भवानीमा दर्शनार्थीको भीड (तस्वीरहरू)

सर्वसाधारणका लागि दशैंको महानवमीका दिन मात्र खुल्ने तुलजा भवानी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

महानवमीमा मात्र खुल्ने तुलजा भवानीमा दर्शनार्थीको भीड (तस्वीरहरू)

काठमाडौं । सर्वसाधारणका लागि दशैंको महानवमीका दिन मात्र खुल्ने तुलजा भवानी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

वर्षको एकदिन महानवमीमा तुलजा भवानी साक्षातरूपमा मन्दिरमा आएर बस्ने धार्मिक विश्वासअनुसार आज दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

नेवार समुदायले आफ्नो इष्टदेवीका रूपमा पुज्ने तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा अर्चना गरिन्छ । तुलजा भवानीलाई मातृशक्तिका रूपमा पनि पुजिन्छ। नेपालमा तुलजा भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले स्थापना गराएको इतिहासमा पाइन्छ ।

सर्वसाधारणका लागि दर्शन गर्न वर्षमा एकपटक खुला गरिए पनि यहाँ दिनहुँ नित्य पूजा-आजा भने भइरहेको हुन्छ ।

तुलजा भवानीको पूजा गर्न कम्तीमा ८ जना मानिस संलग्न हुन्छन् । मन्दिरमा हरेक साँझ आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा कर्माचार्य, जोशी र राजवंशी थर भएका व्यक्तिले मात्र प्रवेश गर्न पाउँछन् ।

त्यसबाहेक राजभण्डारी, प्रधान, सुवाल, सिंह, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved