काठमाडौं। दशैंले थुप्रै यादहरू लिएर आउँछ । विदेसिएको साथी, रङ्गहरू को बास्ना, बिदा, घर, फस्टाएको धान बाली, पिङ अनि चंगा ।
दशैंसँग चंगा किन जोडिएर आउँछ ? कहिलेदेखि चंगा उडाउन थालियो ? आज हामी यिनै कुरा जान्ने कोसिस गर्ने छौँ ।
चङ्गाको इतिहास खोज्दै जाने हो भने २८०० वर्ष अघिको चीनमा पुगिन्छ, पौराणिक कथा मान्ने हो भने चिनियाँ दार्शनिक मौ दि र लु बाउ ले भौगोलिक दुरी मापन गर्नका लागि पहिलो पटक चङा निर्माण गरेका थिए ।
तर चङा उडाउने अवधारणा कहाँ बाट आयो भन्ने कुराको कुनै ठोस प्रमाण भने छैन । इतिहासकारको भनाई मान्ने हो भने चङ्गाको विकास पहिलो पटक एसिया महाद्विपबाटै भएको हो । र छैटौँ शताब्दी तिर चीनमा यसले व्यापकता पायो, चीनबाट जापान हुँदै चङा उडाउने चलन दक्षिण एसियाली मुलुकमा प्रवेश भयो ।
अहिले चंगा केवल एक आनन्ददायी खेल हो तर कुनै जमानामा चङा युद्धमा प्रयोग हुने महत्त्वपूर्ण हतियार हुन्थ्यो । दुस्मनको किल्ला मा निगरानी राख्न होस या आफ्ना सेना लाई सन्देश पुर्याउन चङा युद्धको एक अभिन्न अङ्ग थियो ।
नेपालमा कहिलेबाट चङा उडाउन थालियो र विशेष गरी दशैको बेला नै चङा उडाउने चलनले कहिलेबाट व्यापकता पायो भन्ने कुराको पनि कुनै आधिकारिक प्रमाण छैन । दशैँमा चङा उडाउने चलनलाई लिएर विभिन्न मिथक बनेका छन् ।
यिनैमध्ये एक मिथक अनुसार दशैको समयमा बालीलाई धेरै पानी नचाहिने भएकाले ईन्द्रदेवलाई अब पानी नपार्दिनु भन्ने खालको सन्देश दिनका लागी चंगा उडाउने गरिन्छ । त्यस्तै चंगा उडाउँदा परिवारमा सुख समृद्धि आउने, भाग्य चम्कने जस्ता मान्यता पनि पाइन्छ ।
आकाशमा रंगी विरङ्गी चंगा उडाएर पितृको सम्झना र सम्मान गरेको विश्वास पनि उत्तिकै रहँदै आएको छ । चंगाले पृथ्वी र स्वर्ग लाई जोडने दाबी पनि कतिपय शास्त्रमा उल्लेख छ ।
अर्को मिथकअनुसार, कुनै जमानामा काठमाडौं उपत्यकामा वर्षै भरि चंगा उडाउने गरिन्थ्यो । जसका कारण चराहरूले चङा को डोरीमा अल्झिने जस्ता समस्या झेलिरहेका थिए, एक दिन चराको प्रतिनिधिले चङ्गामा प्रतिबन्ध लगाउन राजा समक्ष बिन्ती बिसाएछ । यसैबीचमा राजा र चराको प्रतिनिधिबीच एउटा सन्धि हुन्छ जसलाई काठमाडौं सन्धि पनि भन्ने गरिन्छ ।
त्यसमा वसन्त र हेमन्त र गृष्म ऋतुमा चङा उडाउन नपाइने तर मनसुन सकिएपछि जब पश्चिम हावा चल्न सुरु हुन्छ जुन दसैँ को समय हो, त्यो बेला मात्र उडाउन पाउने व्यवस्था गरिएको किंवदन्तीहरूमा उल्लेख छ ।
कथा जे भए पनि चङा उढाउनुहोस र दशैँलाई अझै यादगार बनाउनुहोस्।
Facebook Comment
Comment