धार्मिक अन्धविश्वासको पराकाष्ठा : मन्दिरमा महिलालाई प्रवेश निषेध

महिला अधिकारकर्मी रोजलिन बछार भन्छिन्, “यो कस्तो धर्म संस्कृति हो ? जहाँ शक्ति स्वरुपा महिलाको पूजा हुन्छ, त्यहीँ महिलालाई नै पूजापाठमा रोक लगाइन्छ । यस्ता परम्परामा सुधार हुनैपर्छ ।”

धार्मिक अन्धविश्वासको पराकाष्ठा : मन्दिरमा महिलालाई प्रवेश निषेध

जनकपुरधाम । जनकपुरधाममा नवरात्र प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागेको छ । तर, राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासमम्म महिलालाई दर्शन गर्न निषेध गरिएको छ ।

परम्परा भन्दै यस वर्ष पनि मन्दिर भित्र राजदेवी माताको दर्शन गर्न महिलालाई निषेध गरिएको हो ।

प्राचीन मिथिला तथा मधेस प्रदेशको राजधानी जनकपुरधामको श्रीराम मन्दिरको उत्तरपट्टी रहेको राजर्षी जनककी कुलदेवी राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा अहिले पनि कायमै छ।

सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ, त्यही झ्यालबाट पूजाअर्चना गरेर फर्किनुपर्छ । भित्र छिर्न नदिए पनि ठुलो सङ्ख्यामा महिला यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् ।

उनीहरू घण्टौँसम्म लाइनमा उभिएर मन्दिरको बन्द रहेको झ्याललाई छोएर पूजा र भाकल गर्ने गर्दछन् । परम्पराका नाममा महिलालाई मन्दिर निषेध गर्न नहुने आवाज बेला-बेला उठ्ने गरेको छ । तर, सुनुवाई भएको छैन ।

राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले यस्तो गर्नु परेको मन्दिरका पुजारी राम गिरीको भनाइ छ ।

त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि प्रवेशमा रोक लगाइएको पुजारी गिरि बताउँछन् । कोजाग्रत पूर्णिमापछि भने महिलालाई मन्दिर खुला हुने महन्थ गिरीले बताए ।

अधिकारकर्मी विनोद रविदास मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई धार्मिक अन्धविश्वासको पराकाष्ठा मान्छन् । यसको विरोधमा जनकपुरका बासिन्दाले माग गर्दै आएका छन् ।

महिला अधिकारकर्मी रोजलिन बछार भन्छिन्, “यो कस्तो धर्म संस्कृति हो ? जहाँ शक्ति स्वरुपा महिलाको पूजा हुन्छ, त्यहीँ महिलालाई नै पूजापाठमा रोक लगाइन्छ । यस्ता परम्परामा सुधार हुनैपर्छ ।”

राजदेवी मन्दिरजस्तै जानकी मन्दिरको गर्भ गृहको मुख्यद्वारसम्म पनि वडा दशैंमा महिलालाई प्रवेश निषेध गरिन्छ । जानकी मन्दिरमा महिलाले झुलनोत्सव हुने स्थानबाट मात्र दर्शन र पूजा गर्न पाउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved