इजरायलमा मृत्यु भएका विद्यार्थीलाई श्रद्धाञ्जलि (तस्वीरहरू)

पहिलो चरणमा आउनुपर्ने ४ मध्ये आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने सेनाले जनाएको छ । चौधरीको पनि शव आइपुगेपछि प्रक्रिया पुर्‍याएर नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै धनगढी पुर्‍याइने छ ।

इजरायलमा मृत्यु भएका विद्यार्थीलाई श्रद्धाञ्जलि (तस्वीरहरू)

काठमाडौं । हमास-इजरायल युद्धमा परी मृत्यु भएका ३ नेपाली विद्यार्थीलाई श्रद्धाञ्जलि दिइएको छ ।

आइतबार बिहान आइपुगेको लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टको शवलाई श्रद्धाञ्जलि दिइएको हो । गएराति नै आइपुगेको नारायणप्रसाद न्यौपानेको शव भने पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिसकिएको छ । धामी र विष्टको शव पनि पोष्टमार्टमका लागि त्यहीँ लगिनेछ ।

शवको जिम्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नेपाली सेनाको हवाइ सुरक्षा बेसले लिएको छ । त्यहीँ राखिएको शवलाई परराष्ट्रमन्त्री एनपी साउद, नेपालस्थित इजरायलका राजदूत खनान गोडेर, नेपाली सेनाका उच्च पदस्थ अधिकारीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

इजरायलमा मृत्यु भएका ३ विद्यार्थीको शव आइपुग्यो (तस्वीरहरू)

पहिलो चरणमा आउनुपर्ने ४ मध्ये आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने सेनाले जनाएको छ । चौधरीको पनि शव आइपुगेपछि प्रक्रिया पुर्‍याएर नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै धनगढी पुर्‍याइने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved