इजरायलमा मृत्यु भएका ३ विद्यार्थीको शव आइपुग्यो (तस्वीरहरू)

आजै धनगढी पठाइने

हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका ३ जना नेपाली विद्यार्थीहरूको शव काठमाडौं आइपुगेको छ ।

इजरायलमा मृत्यु भएका ३ विद्यार्थीको शव आइपुग्यो (तस्वीरहरू)

काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका ३ जना नेपाली विद्यार्थीहरूको शव काठमाडौं आइपुगेको छ ।

जसमध्ये नारायणप्रसाद न्यौपानेको शव गएराति १ बजे आइपुगेको हो भने लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टको शव आइतबार बिहान आइपुगेको हो ।  त्यहीँ मृत्यु भएका आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने छ ।

न्यौपानेको शव राति नै पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । धामी र विष्टको शव भने नेपाली सेनाले लिएको छ । उनीहरूको शव श्रद्धाञ्जलिका लागि केहीबेर त्यहीँ राखिने सेनाले जनाएको छ ।

पहिलो चरणमा आउनुपर्ने ४ शवमध्ये चौधरीको शव पनि आएपछि पक्रिया पुर्‍याएर आजै धनगढी पठाइने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved