काठमाडौं । इजरायली सेनाले दुई साताअघि हमास लडाकुहरूले अपहरण गरेका र हाल गाजामा राखिएका बन्धकहरूको संख्या बारे विवरण अद्यावधिक गरेको छ ।
सेनका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘गाजामा २१० जना बन्धक छन् र उनीहरुका परिवारलाई यसबारे जानकारी गराइएको छ ।’
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा यी बन्धकहरूलाई अपहरण गरी गाजा लगिएको थियो।
एकजना नेपाली विद्यार्थी बेपत्ता अवस्थामा रहेको भए पनि उनको अवस्था अज्ञात रहेको छ ।
हमासले गाजामा बन्धकहरूलाई सुरक्षित स्थानमा राखेको र उनीहरूलाई सम्मानजनक र मानवीय व्यवहार भइरहेको बताएको छ।
इजरायली सेनाले बन्धकहरूमा १० देखि २० वर्ष उमेरका २० बालबालिका र किशोरहरू रहेको र १० जना ६० वर्ष वा सोभन्दा माथिका व्यक्ति रहेको बताएको छ।
गत राति नै हमासले दुई अमेरिकी बन्धकहरूलाई बिना शर्त रिहा गरेको थियो। यी अमेरिकी आमा र छोरीको नाम जुडिथ र नताली हो।
कतारको मध्यस्थताका कारण यो रिहाइ सम्भव भएको र अन्य बन्धकहरुलाई रिहा गर्न वार्ता भइरहेको केही स्रोतले बताएका छन् ।
Facebook Comment
Comment