१२ तस्वीरमा हेर्नुस् दशैंघरमा भित्र्याइएको फूलपाती

सप्तमीको दिन दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । सोही परम्पराअनुरूप आज फूलपाती भित्र्याइएको हो ।

१२ तस्वीरमा हेर्नुस् दशैंघरमा भित्र्याइएको फूलपाती

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । बडादशैंअन्तर्गत नवरात्रको सातौं दिन शनिवार (आज) फूलपाती भित्र्याइएको हो ।

सप्तमीको दिन दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । सोही परम्पराअनुरूप आज फूलपाती भित्र्याइएको हो । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती लैजाने प्रचलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved