यसरी गरियो फूलपाती बढाइँ (तस्वीरहरू)

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दशैं घरमा भित्र्याउने साइत मिलाएर सैनिक मञ्चमा फूलपाती बढाइँ गरिन्छ ।

यसरी गरियो फूलपाती बढाइँ (तस्वीरहरू)

काठमाडौं । सैनिक मञ्चमा फूलपाती बढाइँ गरिएको छ । बडादशैंअन्तर्गत नवरात्रको सातौं दिन शनिवार (आज) फूलपाती बढाइँ गरिएको हो ।

नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलगायत अन्य राजनीतिक एवम् कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपाली सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरिएको थियो । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिएको थियो ।

बडादशैंको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दशैं घरमा भित्र्याउने साइत मिलाएर सैनिक मञ्चमा फूलपाती बढाइँ गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved