उपप्रधानमन्त्री श्रेष्ठको कस्तो छ स्वास्थ्य अवस्था ? प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् बैठकमा ‘ब्रिफिङ’

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठको कस्तो छ स्वास्थ्य अवस्था ? प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् बैठकमा ‘ब्रिफिङ’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन्।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गए राति हृदयाघात भएको थियो। अहिले उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त छन्।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved