काठमाडौं। मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्धको खेलमा नेपालका अर्जुन कुमालले शतक प्रहार गरेका छन् ।
अर्जुनले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेलेका छन् । यो सँगै युवा ब्याटर अर्जुन कुमाल नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् ।
यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन कुशल मल्लको नाममा थियो । कुशल मल्लले केहि साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।
मलेसियाको बाङगीमा साउदी अरबले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दैछ । नेपालले यसअघि बहराइन र इरानलाई हराएइको छ । आजको खेल जितेमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।
Facebook Comment
Comment