चिप्स र स्यान्डविच खाएर तीन सय किलो भएका व्यक्तिलाई अस्पताल लैजान ढोका नै फोर्नुपर्यो

नेपालभ्युज

चिप्स र स्यान्डविच खाएर तीन सय किलो भएका व्यक्तिलाई अस्पताल लैजान ढोका नै फोर्नुपर्यो

एजेन्सी । गलत खानपानको कारण एक व्यक्तिको तौल लगभग ३२० किलोसम्म पुगेको थियो । केही समय पहिले उनले तौल कम गरे र २९८ मा झारे ।

ती व्यक्तिको नाम हो जेसन होल्टन जो मात्र ३३ वर्षका हुन् । जेसनको तौल यति धेरै थियो कि मुटुको एक्सरेका लागि चिडियाखानामा लगिएको थियो जहाँ ठूला ठूला जनावरको एक्सरे गरिन्छ ।

जेसनको मुटुसम्बन्धी स्वास्थ्य बुझ्न चिडियाखानामा जेब्रालाई एक्सरे गरिने मेसिनबाट उनको परीक्षण गरिएको थियो । जेसनको मुटुमा रगतको थब्बा बनिसकेको थियो जसलाई देखेर लाग्छ उनलाई माइनर हृदयघात समेत भएको थियो ।

मेडिकल अफिसर्सका अनुसार जेसन धेरै तौलका कारण लामो समय बाँच्न पाउँदैनन् होला । जेसनलाई अनलाइन खाना अर्डर गर्ने लत लागेको थियो र यही कारण उनको तौल बढेको थियो ।

उनले करीब १० हजार क्यालोरी दैनिक रुपमा लिन्थे जसमा कबाब र चिप्स मात्र २५०० क्यालोरी, फ्राई चिज २००० क्यालोरी लिने गर्थे । त्यस्तै रातको खानामा दुई वटा पनीर स्यान्डविच एक हजार क्यालोरी, दुईवटा चकलेट बार एक हजार क्यालोरी, क्रिस्पका तीनवटा प्याकेट ५५० क्यालोरी, लगभग डेढ लिटर सुन्तलाको जुस करीब ८०० क्यालोरी र सफ्टड्रिंक पाँच वटा क्यान ७०० क्यालोरी लिन्थे ।

खबरअनुसार उनले दैनिक रुपमा चुरोट पनि पिउने गर्दथे । जसमा कहिलेकाँही एक दिनमै ३० वटा सम्म हुने गर्थ्यो । उनी यति धेरै मोटो भए कि घरको ढोकाबाट समेत उनलाई बाहिर आउन समस्या भएको थियो । जसले गर्दा उनलाई अस्पताल लैजाँदा ढोका नै निकाल्नु परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved