एजेन्सी । शरीरलाई स्वच्छ तथा सफा राख्नका लागि हामी दैनिक रुपमा नुहाउने गर्छौं । तर कतिपयले नुहाउने समयमा केही गल्तीहरु गर्छन् जसले गर्दा शरीरमा कैयौं प्रकारका नोक्सानहरु हुन सक्छन् । नुहाउने बेला त्यस्तो गल्ती गर्नबाट जोगिनु पर्छ ।
कतिपयलाई दिनमा ३ देखि ४ पटक नुहाउने बानी हुन्छ जो शरीरका लागि राम्रो हुँदैन । धेरै नुहाउँदा छालाको प्राकृतिक चिल्लो निस्कन्छ जसले गर्दा छाला सुख्खा हुन थाल्छ । यसले छालामा विभिन्न संक्रमणहरु हुने डर पनि हुन्छ ।
नुहाएपछि प्रयोग गरिने तौलिया पनि छिटोछिटो धुने गर्नुपर्छ । यस्तो नगर्दा कैयौं विमारीहरु झेल्नुपर्ने हुन सक्छ । जस्तै नंगमा फंगस, चिलाउने तथा संक्रमण हुन सक्छ । चिसो तौलियामा ब्याक्टेरिया र भाइरस सजिलै आउन थाल्छन् ।
प्रायः मानिस नुहाउनका लागि लुफाको प्रयोग गर्छन् । तर यसको सहीसँग सफाई नगर्दा सजिलै किटाणुहरु आउन थाल्छन् । हप्तामा एकपटक यसलाई राम्रोसँग सफा गर्नुपर्दछ ।
नुहाउने समयमा एन्टीब्याक्टेरियल साबुनको प्रयोग गर्नु हुँदैन । यसले छालासँग जोडिएका राम्रा ब्याक्टेरियालाई पनि मारिदिन्छ । छालाका लागि मोइस्चराइजर तथा हल्का साबुको प्रयोग गर्नुहोस् ।
मानिसहरु कैयौं दिन नुहाउनका लागि प्रयोग गर्ने बाल्टी तथा जगहरुको सरसफाईमा ध्यान दिँदैनन् । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । किनकी लामो समय भाँडामा फोहोर जम्मा हुने तथा किटाणुहरु आउन थाल्छन् । त्यसैले भाँडालाई समय समयमा धुनुपर्दछ ।
शरीरलाई दैनिक रुपमा नुहाएपनि कपाल भने दैनिक धुनु हुँदैन । यसो गर्दा स्काल्पको प्राकृतिक तेल कम हुन थाल्छ जसले गर्दा कपाल सुख्खा हुन्छ । कपाल सुख्खा भयो भने झर्ने, टुक्रिने समस्या स्वतः हुन्छ ।
धेरै तातो पानीले पनि नुहाउनु हुँदैन । यसले छाला सुख्खा हुने तथा रुखो हुन थाल्छ । अत्यधिक तातो पानीले शरीरको तापक्रममा पनि असर पार्दछ । त्यसैले मनतातो पानीले नै नुहाउने गर्नुपर्दछ ।
Facebook Comment
Comment