मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने कोशी माओवादीको निष्कर्ष, केन्द्रीय निर्देशनको प्रतीक्षामा

नेपालभ्युज

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने कोशी माओवादीको निष्कर्ष, केन्द्रीय निर्देशनको प्रतीक्षामा

काठमाडौं । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका ‘विद्रोही कांग्रेस’का केदार कार्कीलाई कोशीको माओवादी केन्द्रले विश्वासको मत दिने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकले कार्कीलाई विश्वासको मत दिने निष्कर्ष निकालेको हो ।

यद्यपि, प्रदेश पार्टीले केन्द्रीय निर्देशन कुरिरहेको छ । ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो मनसाय छ,’ माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले भने, ‘भोलि केन्द्रले निर्देशन देला ।’

कार्की नेकपा एमालेका ३९ र विद्रोही कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।

यहाँ कार्कीलाई विश्वासको मत दिएर माओवादीले अपनत्व अनुभूत गर्न चाहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved