छिट्टै निद्रा ल्याउने छोटो टिप्स

नेपालभ्युज

छिट्टै निद्रा ल्याउने छोटो टिप्स

एजेन्सी । विशेषज्ञहरूलाई मान्ने हो भने हामीले गर्ने दिनभरको क्रियाकलापले रातको निद्रामा सीधा असर गर्ने गर्दछ ।

हाम्रो आहार, व्यायाम, दिनचर्या, शारीरिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यलाई राम्रो बनाएर नै हामी राम्रो निद्रा पाउन सक्छौं । यसबाहेक तपाईं यी टिप्सहरूलाई पालना गर्न सक्नुहुन्छ ।

– एउटा निश्चित समयमा ब्युँझिने समय बनाउनुहोस् जसले गर्दा रातमा समयमै निद्रा लाग्छ ।

– सुत्ने बेला फोनको प्रयोग नगर्नुहोस्, किनकी स्क्रिनको उज्यालोले निद्रालाई प्रभावित पार्दछ ।

– खानपिनको समय नियमित एउटै बनाउनुहोस् र सुत्नुअघि भारी खाना खानबाट जोगिनुहोस् ।

– कफी, रक्सी तथा धुम्रपान कम मात्रामा सेवन गर्ने ।

– दिउँसोको समयमा आफूलाई शारीरिक रूपमा सक्रिय बनाउनुहोस् जसले गर्दा थकान हुन्छ र रातमा निद्रा लाग्छ ।

– सुत्नुअघि मनतातो पानीले हातखुट्टा धोएर त्यसलाई तेलले मालिस गर्नुहोस् यसले पनि राम्रो निद्रा ल्याउन सहयोग गर्छ ।

– यदि, निद्रा लाग्न समस्या आएको छ भने मोबाइल वा कुनै डिभाइसमा झुन्डिनुभन्दा कुनै किताब पढ्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved