गाजाका अस्पतालहरूमा अब २४ घण्टालाई मात्रै पुग्ने इन्धन, त्यसपछिको अवस्था ‘अकल्पनीय’

“ब्याकअप जेनेरेटरहरू बन्द हुँदा हजारौं बिरामीहरूको जीवन जोखिममा पर्नेछ, त्यसपछिको अवस्था हामी कल्पना पनि गर्न सक्दैनौँ”, संयुक्त राष्ट्रसंघ मानवीय कार्यालयले आफ्नो वेबसाइटमा भनेको छ ।

नेपालभ्युज

गाजाका अस्पतालहरूमा अब २४ घण्टालाई मात्रै पुग्ने इन्धन, त्यसपछिको अवस्था ‘अकल्पनीय’

एजेन्सी। संयुक्त राष्ट्र संघले गाजा अस्पतालहरूमा अब २४ घण्टालाई मात्रै पुग्ने इन्धन रहेकोमा गम्भीर चिन्ता जनाएको छ ।

“ब्याकअप जेनेरेटरहरू बन्द हुँदा हजारौं बिरामीहरूको जीवन जोखिममा पर्नेछ, त्यसपछिको अवस्था हामी कल्पना पनि गर्न सक्दैनौँ”, संयुक्त राष्ट्रसंघ मानवीय कार्यालयले आफ्नो वेबसाइटमा भनेको छ ।

धेरै सहायता एजेन्सीहरूले इन्धन र पानी सहित मानवीय सहायता प्रदान गर्न गाजामा पहुँचको लागि आह्वान गरेका छन् ।

गाजामा डक्टर्स विदाउट बोर्डर्सबाट काम गर्ने बेलायती-प्यालेस्टिनी शल्यचिकित्सक घसान अबु सिट्टाले चेतावनी दिए कि उनको अस्पतालका कर्मचारीहरूसँग अब मानिसहरूलाई मद्दत गर्न पर्याप्त उपकरण छैनन।

इजरायलले गाजामा इन्धन,खाना र पानी समेतमा नाकाबन्दी लगाएको छ । गाजामा २५ सय जना भन्दा धेरै मारिएका छन् । अस्तालहरूको अवस्था हेर्नै नसकिनेगरी पीडादायी अवस्थामा छ ।

कयौँ घाइते छट्पटिएका तर उपकरण, औषधि र डाक्टरको अभावमा उपचार भएको छैन । गर्भवति र सुत्केरीले समेत खाना र पानी पाएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved