१० वटा जहाज थप्ने सरकारको तयारी, दशैंअघि नै खरिद प्रक्रिया अघि बढाइने

नेपालभ्युज

१० वटा जहाज थप्ने सरकारको तयारी, दशैंअघि नै खरिद प्रक्रिया अघि बढाइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म जहाज थप्ने तयारी गरेको बताएका छन् ।

उनले नेपाल वायुसेवा निगमको जहाज थपेर हवाइ भाडादरमा देखिएको विसंगतिलाई हस्तक्षेप गर्नु नै अहिलेको एकमात्र विकल्प भएको तर्क गरेका छन् ।

अब १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने नआउने उनको भनाइ छ । उनले दशैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने पनि बताए ।

आइतबार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)ले चाडबाडका बेला भाडादरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले इन्धनको मूल्य बढेका कारण भाडादर बढेको भन्दै उनले चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने तयारीमा रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved