नेपालसँग बहराइन ७७ रनमा अलआउट,  दिपेश कँडेलले लिए ६ विकेट

मलेसियाको बायोमास ओभल मैदानमा टस जिते ब्याटिङ गरेको बहराइन ३७ ओभर ५ बलमा ७७ रनमा अल आउट भयो ।

नेपालभ्युज

नेपालसँग बहराइन ७७ रनमा अलआउट,  दिपेश कँडेलले लिए ६ विकेट

काठमाडौं।  १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटमा नेपालसँगको खेलमा बहराइन ७७ रनमा अल आउट भएको छ ।

मलेसियाको बायोमास ओभल मैदानमा टस जिते ब्याटिङ गरेको बहराइन ३७ ओभर ५ बलमा ७७ रनमा अल आउट भयो । उसका मोहम्मद बासिल अबदुलले सर्वाधिक ३४ रन बनाए

बलिङतर्फ नेपालका दिपेश कँडेलले जादुमयी ६ विकेट लिए । दिपेशले ९ ओभर पाँच बलमा जम्मा ४ रन दिएर ६ विकेट लिए । क्रिकेटमा यो विरलै पाउने सफलता हो । यस्तै दुर्गेश गुप्ताले ४ विकेट लिए ।

आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved