नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रादेशिक भेला सम्पन्न, ८ बुँदे लालबन्दी घोषणापत्र जारी

नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रादेशिक भेला सम्पन्न, ८ बुँदे लालबन्दी घोषणापत्र जारी

जनकपुरधाम। नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रादेशिक भेला ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजनामा नेपाल प्रेस युनियन सर्लाही शाखाको आतिथ्यतामा प्रेस युनियनको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा सघन छलफल गरी असोज २६ र २७ गते सर्लाहीको लालबन्दीमा सम्पन्न भएकाे भेलाले ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गरेको हाे ।

जारी गरिएको घोषणापत्रमा नेपाल प्रेस युनियनलाई सबल, सक्षम र श्रमजीवी पत्रकारहरूका हितमा पक्षमा काम गर्दै गतिशील संगठन बनाउन नेपाल प्रेस युनियन मधेस प्रदेशका आठवटै जिल्ला समितिलाई परिचालन गर्ने , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै व्यावसायिक पत्रकारिता तथा सञ्चार माध्यमको संस्थागत विकास गर्नका लागि सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने उल्लेख छ ।

यसैगरी, नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा प्रेस युनियनलगायतका संस्थाहरूबीच भएको पूर्वसहमति विपरीतका कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सदस्यता शुद्धीकरणका नाममा भएका कतिपय गतिविधिबाट व्यावसायिक तथा मापदण्ड पूरा गरेका पत्रकारहरु वञ्चित भएकाले न्यायोचित रूपमा मापदण्डअनुसार पत्रकारलाई सदस्यता दिने व्यवस्था मिलाउन पत्रकार महासंघको ध्यानाकर्षणसमेत गराएकाे छ।

त्यसैगरी, घोषणापत्रमा नेपाल पत्रकार महासंघलाई सबै आस्था, विचार भएका पत्रकार सम्बद्ध संस्थाहरूलाई समेटेर नेपाल प्रेस युनियनको नेतृत्वमा पत्रकार महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने , व्यावसायिक पत्रकारिताको विकास, दक्ष जनशक्ति उत्पादन, विधागत पत्रकारिताको प्रवर्द्धनका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको छ ।

यस्तै, पत्रकार प्रशिक्षण वर्ष २०८० लाई सफल बनाउन युनियनको प्रदेश समिति र जिल्ला शाखालाई परिचालन गर्ने ,सञ्चार माध्यम र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले सञ्चार माध्यमलाई दिने लोककल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमहरुको संरक्षण र संवर्द्धनमा विशेष जोड दिँदै पत्रकारको क्षमता विकासका लागि बजेटको व्यवस्था गर्न जोडदार मागसमेत गरेकाे छ।

प्रादेशिक भेलाले सञ्चार माध्यममा सहभागिता र विषयवस्तुमा समावेशीतालाई ध्याद दिँदै लैगिङ्गकमैत्री बनाउन र गोलभेँडाको सहरका नामले परिचित सर्लाहीको लालबन्दी नगरमा कृषिक्षेत्रको दिगो विकासमार्फत् पर्यटन प्रवद्र्धनका ठोस तथा उपलब्धिमूलक काम गर्न सम्बद्ध निकायसँग माग गरेको घोषणा पत्रमा उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved