‘विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय देऊ’

नेपालभ्युज

‘विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय देऊ’
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड ।

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिनुपर्ने माग गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर्नुपर्ने, कैद सजाय माफी गर्नसक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने लगायतका माग गर्दै समाजले आज विरोध प्रदर्शनसमेत गरेको छ ।

समाजले शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण मूल ढोका अगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले पीडकलाई आममाफी दिने नियतले भइरहेको चलखेल बन्द गर, हिंसा र अपराधीकरणलाई बढावा दिने काम बन्द गर, महँगीले ढाड भाँच्यो, नागरिकलाई राहत खोइ ?, हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुनसक्दैन, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको आर्थिक चलखेलबारे छानविन गर, ललिता निवास जग्गा घोटालामा अदालतको आदेशअनुरुप छानविन किन नगरेको ?, सुन काण्डका नाइकेलाई कारबाही खोइ ? लेखिएका प्लेकार्ड बोकेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved