कोशीका प्रदेश प्रमुखले समर्थकको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने, प्रक्रिया भोलिसम्म लम्बियो

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले समर्थकहरुको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्ति गर्ने भएका छन् ।

नेपालभ्युज

कोशीका प्रदेश प्रमुखले समर्थकको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने, प्रक्रिया भोलिसम्म लम्बियो

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले समर्थकहरुको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्ति गर्ने भएका छन् ।

यससँगै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई भोलिसम्म धकेलेका छन् ।

यहाँ मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसको शेखर कोइराला पक्षका प्रदेशसमभा सदस्य केदार कार्कीले दाबी पेश गरेका छन् । कार्कीलाई एमालेको समर्थन छ ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved