रणवीर कपुरले छाडे रक्सी र मासु, धेरै मासु खाँदा हुने नोक्सानी जान्नुहोस

नेपालभ्युज

रणवीर कपुरले छाडे रक्सी र मासु, धेरै मासु खाँदा हुने नोक्सानी जान्नुहोस

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर आफ्नो फिटनेसलाई लिएर चर्चामा आइरहन्छन् । अहिले उनी आफ्नो आउँदो फिल्म रामायणको शुटिंगमा व्यस्त छन् । यस फिल्मका लागि उनले रक्सी छोड्नुका साथै मासु पनि नखाने घोषणा गरेका छन् । यसअघि पनि उनले फिल्म ‘एनिमल’ का लागि आफ्नो शरीरको ट्रान्सफर्मेशन गरेका थिए ।

नितेश तिवारीको फिल्म रामायणमा रणवीरले भगवान रामको भूमिका निभाइरहेका छन् । उनले जहिलेसम्म यो फिल्मको शुटिंग चल्छ त्यतिबेलासम्म यो बानी छोड्ने बताएका छन् । त्यसैले अब उनी ढिला रातमा हुने पार्टी तथा भोजमा पनि जाने छैनन् ।

धेरै मासु खाँदा हुने नोक्सान

  • धेरै रातो वा प्रोसेस्ड मासु खानाले कहिलेकाँही पेटको क्यान्सर हुने जोखिम बढ्छ ।
  • यसमा भएको अध्ययनअनुसार धेरै मासु खानाले मधुमेहका साथै निमोनियाको खतरा पनि बढ्छ ।
  • धेरै मासु खानाले शरीरमा बोसोको मात्रा बढ्छ, जसले मोटोपन तथा मुटुसँग जोडिएका रोगको खतरा पनि हुन्छ ।
  • कयौंपटक मासु खाँदा पेटमा इन्फेक्शन हुनुका साथै फुड प्वाइजनिंगको कारण पनि बन्न सक्छ ।
  • मासुको धेरै सेवन गर्नाले शरीरमा खराब कोलेस्ट्रोल बढ्छ जसले हाइपरटेन्शनको समस्या पनि हुन सक्छ ।

रक्सी पिउने बानी कसरी छुटाउने ?

  • रक्सीको बानी छुटाउनका लागि आफूलाई कुनै पनि काममा व्यस्त राख्नुहोस्, जसले गर्दा तपाईंलाई रक्सी पिउनै मन नलागोस ।
  • रक्सीको बानीलाई एकैपटक छोड्ने भन्दा पनि थोरै थोरै गर्दै कदम चाल्नुपर्छ । यो वैज्ञानिक तरिका हुन्छ ।
  • घरमा रक्सी पिउनबाट बच्नुहोस् । जसले गर्दा तपाईं दैनिक पिउनुहुनेछैन र सुस्त सुस्त छुट्दै जानेछ ।
  • रक्सीको लत छुटाउनका लागि नियमित रुपमा मेडिटेशन तथा योग गर्नुहोस् ।
  • रक्सी छोड्नका लागि स्वस्थ तथा पोषक तत्वले भरपूर खानपानलाई अपनाउनुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved