काठमाडौँ । ग्लोबल आइएमई बैंकले दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने सुनौलो अवसर ल्याएको छ । बैंकले युवा युवतीहरूमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न उद्देश्यसहित दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको हो ।
उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरू समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको सर्तहरू पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।
प्रतियोगितामा सहभागी मध्ये धेरै लाईक आउने तीन जना सहभागी लाई क्रमशः प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३५ हजार रुपैयाँ र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
यो प्रतियोगितामा सहभागी हुन कार्त्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्ने बैंकले जनाएको छ ।
Facebook Comment
Comment