कोशीमा राप्रपा तटस्थ बस्ने, को होला मुख्यमन्त्री ?

कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

नेपालभ्युज

कोशीमा राप्रपा तटस्थ बस्ने, को होला मुख्यमन्त्री ?

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका मामलामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ ।

शुक्रबार बसेको राप्रपाको पदाधिकारी बैठकले कोशीको मुख्यमन्त्रीमा कसैलाई पनि समर्थन नगर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘घटनाक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं । दुईजनाले ४७–४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ । हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन । आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिन्छ ।’

कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved