गाजामा साढे ४ सय बालबालिका मारिए, ५० हजार जना गर्भवतीले पानी समेत पाएनन्

गर्भवतीले अत्यावश्यकीय सेवा पाएका छैनन् । ५० हजार मध्ये ५५ सय महिलाले आउँदो महिनामा बच्चा जन्माउने छन्।

नेपालभ्युज

गाजामा साढे ४ सय बालबालिका मारिए, ५० हजार जना गर्भवतीले पानी समेत पाएनन्

एजेन्सी । प्यालेस्टिनी अधिकारीहरूले इजरायलको बमबारीमा हालसम्म १ हजार ४ सय १७ जनाको ज्यान गएको  बताएका छन् । जसमध्ये ४ सय ४७  जना बालबालिका रहेको बताएका छन् ।

प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म ६ हजार २६८ जना घाइते भएको जनाएको छ ।

अस्पतालमा अहिले निकै थोरै इन्धन बाँकी छ र घाइतेको संख्या धेरै छ । गत शनिबार इजरायलको प्रतिकारात्मक हमला सुरु भएदेखि नै गाजामा स्वास्थ्य सेवाको संरचनालाई लक्षित गरी ३४ वटा आक्रमणहरू भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ।

संयुक्त राष्ट्रसंघले बारम्बार गाजामा मानवीय अवस्था कति डरलाग्दो छ भनेर औंल्याएको छ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम तथा संयुक्त राष्ट्रसंघको यौन र प्रजनन स्वास्थ्य निकायले गाजाका ५० हजार गर्भवतीले स्वच्छ खानेपानी नपाएको बताएका छन् । ती गर्भवतीले अत्यावश्यकीय सेवा पाएका छैनन् । ५० हजार मध्ये ५५ सय महिलाले आउँदो महिनामा बच्चा जन्माउने छन्।

राष्ट्रसंघका अधिकारीहरु त्यहाँका महिला र बालिकाहरूको सुरक्षा र स्वास्थ्य र आघात र मनोवैज्ञानिक पीडाबारे चिन्तित छन्। युएनएफपीएका एक कर्मचारी सदस्यले भने कि, उनीहरूको एकमात्र लक्ष्य सास फेर्नु र जीवित रहनु हो।

यस्तै, इजरायलको आक्रमणमा परेर गाजामा ड्युटीमा रहेका ११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । इजरायलले अस्पताललाई लक्षित गरेर गरेको आक्रमणमा १९ जना स्वास्थ्य संस्था र २० वटा एम्बुलेन्समा क्षति पुर्‍याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved