इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या १४ सय भन्दा बढी, ३ लाख ३८ हजार विस्थापित

नेपालभ्युज

इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या १४ सय भन्दा बढी, ३ लाख ३८ हजार विस्थापित

एजेन्सी ।  गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १४ सय भन्दा बढी पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त क्षेत्रमा ३ लाख ३८ हजार विस्थापित भएका छन् ।

इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ । स्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो ।

इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved