कोशीमा मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्ष प्रदेश प्रमुखको कार्यालयमा, शेखर समूहका कार्कीलाई एमालेको समर्थन

शेखरपक्षका ८ सांसद र एमालेका उपसभामुखसहित ४० सांसदको हस्ताक्षर जुटाए मुख्यमन्त्री बन्न समस्या छैन ।

नेपालभ्युज

कोशीमा मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्ष प्रदेश प्रमुखको कार्यालयमा, शेखर समूहका कार्कीलाई एमालेको समर्थन

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्नका लागि दुवै पक्ष प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

मुख्यमन्त्री दाबी गर्ने मामलामा यहाँ कांग्रेसका दुई खेमा दुईतिर भएका छन् ।

कांग्रेसको संस्थापन पक्षले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको छ । शेखर कोइराला पक्षले भने एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

शेखरपक्षका ८ सांसद र एमालेका उपसभामुखसहित ४० सांसदको हस्ताक्षर जुटाए मुख्यमन्त्री बन्न समस्या छैन ।

प्रदेश प्रमुख परशुराम खापुङले बहुमतका आधारमा मुख्यमन्त्री दाबी गर्नका लागि दिएको म्याद भोलि सकिँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved