भारती मानन्धरको मुद्दा प्रधानन्यायाधीशले ‘हेर्न नमिल्ने’, अर्को पेशी कात्तिक १४ गते

आफ्नो श्रीमानको हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध भारती मानन्धरले दायर गरेको मुद्दालाई प्रधानन्याधीशले ‘हेर्न नमिल्ने’ भनेपछि पेशी सरेको छ ।

नेपालभ्युज

भारती मानन्धरको मुद्दा प्रधानन्यायाधीशले ‘हेर्न नमिल्ने’, अर्को पेशी कात्तिक १४ गते

काठमाडौं । आफ्नो श्रीमानको हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध भारती मानन्धरले दायर गरेको मुद्दालाई प्रधानन्याधीशले ‘हेर्न नमिल्ने’ भनेपछि पेशी सरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी सम्मिलित पूर्ण इजलासमा भएको सुनुवाइका क्रममा प्रधानन्यायाधीश श्रेष्ठले यसअघि यस्तै प्रकारको मुद्दा हेरिसकेकाले अहिले ‘हेर्न नमिल्ने’ भनेपछि पेशी सरेको हो ।

उक्त मुद्दाको अर्को पेशी आगामी कात्तिक १४ गतेका लागि तोकिएको छ ।

यसअघि असोज १८ गते अदालतले विपक्षीसँग सात दिनभित्र लिखित जवाफ दिन आदेश गरेको थियो ।

अदालतले सो रिट निवेदनको टुंगो नलागेसम्म निवेदक भारती शेर्पा र उनको परिवारका सदस्यलाई सुरक्षा प्रदान गर्नसमेत गृहमन्त्रालयलाई लेखेर पठाउन आदेश दिएको छ ।

न्यायाधीश शर्माले रिगल ढकालसँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरुसमेत मगाएको छ । अदालतले सो निवेदनलाई गम्भीर रूपमा लिएर महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुनसमेत आदेश दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved