बन्धक रिहा नगरेसम्म गाजामा नाकाबन्दी जारी राख्ने इजरायलको प्रतिक्रिया

नेपालभ्युज

बन्धक रिहा नगरेसम्म गाजामा नाकाबन्दी जारी राख्ने इजरायलको प्रतिक्रिया

काठमाडौं। इजरायलले प्यालेस्टिनी अतिवादी समूह हमासले बन्धक रिहा नगरेसम्म गाजा क्षेत्रमा नाकाबन्दी जारी राख्ने बताएको छ।

बीबीसीका अनुसार इजरायलका ऊर्जामन्त्री इजरायल काट्जले गाजामाथि लगाएको विद्युत्, पानी र इन्धनमाथि लगाएको रोकलाई कायम गर्ने बताएका छन्। इजरायलले बन्धकलाई रिहा नगरेसम्म घेराबन्दी नफुकाउने मन्त्री काट्जले बताए।

हमासले गरेको आक्रमणको दौरान करिब १५० जनालाई बन्धक बनाई गाजा लगिएको थियो। हमासले शनिबार बिहान आक्रमण गरेपश्चात् इजरायलले पानी, विद्युत् र इन्धनमा रोक लगाएको थियो।

इजरायलले गाजा क्षेत्रमा गरेको हवाइ आक्रमणमा परी मृत्यु हुनेको संख्या १२०० पुगेको छ । उक्त क्षेत्रमा ३ लाख ३८ हजार मानिस विस्थापित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved