भारतको बिहारमा रेल दुर्घटना : ६ जनाको मृत्यु, १०० जना घाइते

नेपालभ्युज

भारतको बिहारमा रेल दुर्घटना : ६ जनाको मृत्यु, १०० जना घाइते

काठमाडौं। भारतको बिहारमा बुधबार राति रेल दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु तथा १०० जना घाइते भएको पुष्टि भएको छ ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समयअनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् ।

बिहार प्रहरीले जनाएअनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ ।

सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved