देव खनालको शतकमा नेपालले इरानलाई दियो ३ सय ५४ रनको विशाल लक्ष्य

मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर एक बलमा अलआउट हुँदै ३ सय ५३ रन बनायो । नेपालका लागि कप्तान देव खनालले शतक प्रहार गरे । उनले ६० बलमा शतक हाने ।

नेपालभ्युज

देव खनालको शतकमा नेपालले इरानलाई दियो ३ सय ५४ रनको विशाल लक्ष्य

काठमाडौं।  एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई ३ सय ५४ रनको  विशाल लक्ष्य दिएको छ ।

मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर एक बलमा अलआउट हुँदै ३ सय ५३ रन बनायो । नेपालका लागि कप्तान देव खनालले शतक प्रहार गरे । उनले ६० बलमा शतक हाने ।

यस्तै, दीपकप्रसाद डुम्रेले ६९ र दीपक बोहराले ६५ रन बनाए ।  यस्तै दिपेश कँडेलले २९ र दिपेश धामीले २३ रन बनाए । इरानका सलमान नइजमद र दद्राहम रइसीले ३/३ विकेट लिए ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।

भारत, पाकिस्तान, बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् । समूह ‘ए’ मा–नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा– यूएई, ओमान, कतार र चीन रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved