एमाले मधेश प्रदेश अधिवेशन : सहमतिमा नेतृत्व चयन गर्ने प्रयास जारी

अहिलेसम्म सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् ।

नेपालभ्युज

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिमा नेतृत्व चयन गर्ने प्रयास जारी

जनकपुर। नेकपा एमालेको बुधवारबाट जनकपुरधाममा सुरु भएको प्रथम मधेश प्रदेश अधिवेशन अधिवेशनबाट नेतृत्वको लागि चारजना आकांक्षी देखिएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे पछि रातीदेखि सुरु बन्द सत्रमा प्रदेशको नेतृत्व सर्वसहमत चयन गर्ने प्रयास भइरहेको एमाले केन्द्रिय सचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।

अहिलेसम्म सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् । वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको मेयर भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने एमालेको निर्णयअनुसार अन्य नेताले अवसर पाउने भएका छन् ।

त्यसैगरी सचिवको लागि सोम प्रसाद शर्मा, लक्ष्मी नारायण यादव र आरती भण्डारी आकांक्षी देखिएका छन् ।

प्रदेश अध्यक्षमा एमाले सचिव रघुविर महासेठ र एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले आफनो उम्मेदवार अगाडि बढाउने लबिङ गरिररहेको एमाले नेताहरु बताउँछन् ।

दुवै गुट खुलेर नआएको पनि आन्तरिक तयारी गरेको छ । एमालेका एक नेताले भने, ‘महासेठको तर्फबाट सर्लाही अध्यक्ष राजनारायण साह, यादवको तर्फबाट चन्देश्वर मण्डल अध्यक्षको तयारी गरेको छ ।’

प्रचार विभाग प्रमुख सोम प्रसाद शर्माका अनुसार राती अबेर सम्म सहमतिमा नै नेतृत्व चयन गर्नलाई छलफल भएको र बिहान पुन छलफल भइरहेको छ।

उनले छलफलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश इन्चार्ज योगेश भट्टराई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतो लगायत पोलिटब्युरो सदस्यहरु खटेको बताए। शर्माले अन्तिम समयसम्म सहमतिकै पहल हुने बताए।

एमाले सचिव एवं प्रदेश ईन्चार्ज योगेश भट्टराईले मधेसको नेतृत्व लिनका लागि ४ जना नेता अकांक्षी देखिएपनि सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा भइरहेको बताएका छन् ।

जनकपुरधाम तिरुहतिया गाछी स्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्र भवनमा भईरहेको मधेश प्रदेशको प्रथम अधिवेशनबाट ५ जना पदाधिकारी सहित २३५ जना निर्वाचित हुनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved