ऋणबाट मुक्त हुन चाहनुहुन्छ ? शास्त्रले बताउँछ यस्तो उपाय

नेपालभ्युज

ऋणबाट मुक्त हुन चाहनुहुन्छ ? शास्त्रले बताउँछ यस्तो उपाय

एजेन्सी । ज्योतिष शास्त्रमा केही त्यस्ता उपाय बताइएका छन्, जसले आर्थिक समस्या अथवा ऋणबाट छुट्कारा पाउनका लागि सहयोगी हुन्छन् ।

यस्तोमा आज हामी यही विषयसँग जोडिएको केही उपायका बारेमा बताउनेछौं ।

जो व्यक्तिको घरमा अत्यधिक आर्थिक समस्या भइरहेको छ उनीहरुले एक्काइसवटा शुक्रबारसम्म लगातार पाँच साना कन्यालाई खीरको प्रसाद बनाएर खुवाउने ।

आर्थिक समस्या तथा ऋणबाट छुट्कारा पाउनका लागि कुनै पनि महिनाको शुक्ल पक्षको प्रथम बिहिबार विवाहित महिलालाई बिवाह सामग्री दानमा दिनुहोस् । विवाहको सामग्रीमा हातका चुरा, टिका, नङपालिस, सिन्दुर, रातो रिबन आदि अवश्य हुनु पर्दछ ।

यसो गरेमा तपाईंको ऋण विस्तारै तिरिँदै जानेछ । ज्योतिष शास्त्रमा बताइएअनुसार देवीको कृपाले आर्थिक तंगीका कारणले रोकिएका काम पनि बन्दै गरेको देखिनेछन् ।

यदी तपाईंको पैसा कतै फसेको छ भने दैनिक सूर्यदेवलाई अर्घ्य दिनुहोस् । त्यस्तै नियमित रुपमा एउटै समयमा हुनुपर्छ साथमा ऊँ आदित्याय नमः गर्दै मनमनै प्रार्थना गर्नुहोस् ।

यी सबै त अध्यात्मसँग जोडिएका कुरा भए । तर कुनै पनि कार्यमा सफलता हासिल गर्नका लागि कडा मेहनत र परिश्रम गर्नु अनिवार्य हुन्छ ।

यी भनेका मनलाई शान्त पार्ने तथा जीवनमा आशावादी हुनका लागि गरिने कार्य हुन् । त्यसैले मेहनत गर्नबाट कहिल्यै पछाडि नहट्नुहोस् । त्यसपछि हरेक काममा सफलता आफै हात पर्दै जानेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved