इजरायलमा रहेका नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री नै जाने

नेपालभ्युज

इजरायलमा रहेका नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री नै जाने

काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद नै जाने भएका छन् ।

आज राति जाने नेपाल वायु सेवा निगमको जहाजमा परराष्ट्रमन्त्री साउद पनि जान लागेका हुन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि उद्योगमन्त्री रमेश रिजालले नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैँ इजरायल जाने बताए।

इजरायलबाट तत्काल दुई सय ८८ जना स्वदेश फर्कन चाहेको सरकारले बताएको छ। तीन सयभन्दा बढीले स्वदेश फर्कन चाहेर फर्म भरेकोमा पहिला दुई सय ८८ जना स्वदेश आउन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved