सुन तस्करी प्रकरण

राहुल महरासहित चार जनाविरुद्ध मुद्दा, साढे ८ करोड बिगो दाबी 

नेपालभ्युज

राहुल महरासहित चार जनाविरुद्ध मुद्दा, साढे ८ करोड बिगो दाबी 

काठमाडौं। सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।

विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । निमा भने फरार छन् ।

उनीहरूविरुद्ध भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता भएको हो ।

उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved