क्यानडाले विशेष उडानमार्फत इजरायलमा रहेका ३२ सय नागरिकको उद्धार गर्ने

नेपालभ्युज

क्यानडाले विशेष उडानमार्फत इजरायलमा रहेका ३२ सय नागरिकको उद्धार गर्ने

एजेन्सी। क्यानडाले इजरायलमा फसेका आफ्ना नागरिकहरूलाई एयरलिफ्ट गर्ने जनाएको छ।

क्यानडाका विदेश मन्त्री मेलानी जोलीले मंगलबार क्यानडाले आफ्नो सेनाको सहयोगमा तेल अवीभबाट नागरिकहरूलाई एयरलिफ्ट गर्ने योजना बनाएको बताएकी छिन् ।

आफ्नो विज्ञप्तिमा जोलीले भनिन्, ‘यो उडान क्यानाडाली नागरिक, उनीहरूका श्रीमती र उनीहरूका छोराछोरीका साथै क्यानडाका स्थायी बासिन्दा, उनीहरूका जीवनसाथी र उनीहरूका छोराछोरीका लागि हुनेछ।’

इजरायलका अरू ठाउँमा रहेका नागरिकलाई राजधानी तेल अवीव पुर्‍याउने बारेमा पनि छलफल भइरहेको उनले बताइन् ।

ग्लोबल अफेयर्स क्यानाडाका अनुसार इजरायलमा ३२ सय भन्दा बढी क्यानेडियनहरू र गाजा र वेस्ट बैंकमा ५ सय क्यानेडियनहरू छन्।

दुई क्यानाडाली नागरिकको हत्या भएको र दुईजना बेपत्ता भएको बताइएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved