एमाले तस्करको पार्टी हो भनेर हिजोको आक्रमणले पुष्टि गर्‍यो : दुर्गा प्रसाईँ

नेपालभ्युज

एमाले तस्करको पार्टी हो भनेर हिजोको आक्रमणले पुष्टि गर्‍यो : दुर्गा प्रसाईँ

काठमाडौं। आफूलाई अभियन्ता बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमाले तस्करहरुको पार्टी भएको पुष्टी भएको दाबी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफूले तस्करको विरोधमा बोल्दा एमालेले हमला गरेकाले तस्करको पार्टी भएको बताएका हुन् ।

प्रसाईँले विदेशबाट आएका केही समुदायले देशको अर्थतन्त्र कब्जा गरेको र यसबारेमा बोल्दा सबैभन्दा धेरै आक्रमण एमालेबाट भएको आरोप लगाए ।  उनले अबको केही वर्षमै देश मारवाडीको कब्जामा जाने खतरा रहेको पनि जिकिर गरेका छन् ।

उनले एमालेभन्दा भन्दा धेरै नैतिकता र राजनीतिक चरित्र माओवादीमा रहेको पनि बताए । ‘मेरो हजुरबुवा केपी ओली र उनको पार्टीमा भन्दा धेरै राजनीतिक चरित्र प्रचण्ड र नारायणकाजीमा देखियो ।’ उनले भने ।

उनले खेल सुरु गर्न उस्काएको भन्दै एमालेका नेता महेक बस्नेतलाई धन्यवाद पनि दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved