भोलि राष्ट्रिय शोक हो, सार्वजनिक बिदा छैन : सरकार

नेपालभ्युज

भोलि राष्ट्रिय शोक हो, सार्वजनिक बिदा छैन : सरकार

काठमाडौं। इजरायलमा १० जना नेपालीहरूको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने नदिइएको स्पष्ट पारेको छ।

यसअघि केही मन्त्रीले सार्वजनिक बिदा भएको बताएका थिए। तर, मन्त्रीपरिषद्ले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो। तर, बिदा दिने निर्णय नभएको मन्त्री शर्माले बताइन्।

मन्त्रीपरिषद् बैठकले इजरायलमा मारिएकाका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved